२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

खो-खो विश्वकपः युगान्डालाई पराजित गर्दै नेपाली महिला टोली फाइनलमा प्रवेश


५ माघ २०८१, शनिबार  

144
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी प्रथम खो-खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

शनिबार इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा युगान्डाविरुद्धको पराजित गर्दै नेपालले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । नेपाली महिला टिमले ८९–१८ स्कोरमा सफलता पाएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको छ ।

फाइनलमा नेपालले आयोजक भारत र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’ मा नेपालले जर्मनीलाई ७४–३४ ले, भुटानलाई ८३–२४ ले, श्रीलंकालाई ११०–१० ले र बंगलादेशलाई ८३–२४ ले हराएको थियो ।

क्वाटरफाइनलमा नेपालले इरानमाथि १०३–८ को जित पाएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ