४ असार २०८३, बिहिबार । June 19, 2026

साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि


२० कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आईतवार नेप्सेपरिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ । कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आईतवार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आईतवार ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ ।

आईतवार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा