४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः जनकपुरको बदला अपुरो, सुदूरपश्चिम फाइनलमा


३ पुस २०८१, बुधबार  

126
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लिगचरणमा ७२ रनको फराकिलो हारको बदला लिन असफल जनकपुरले फाइनल प्रवेश गर्न क्वालिफायर २ मा अब कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।

कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायर २ मा स्थान बनाएको थियो। जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आठ बल बाँकी रहँदा दुई विकेट गुमाएर जित हात पार्‍यो । बुधबारको खेलमा सुदूरपश्चिमका विनोद भण्डारीको प्रदर्शन सानदार रह्यो ।

५५ बल खेलेका उनले तीन चौका र तीन छक्का सहित सर्वाधिक ५८ रन बनाए। जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो। कप्तान दीपेन्द्र २० रनमा अविजित रहे। सैफ जैब र विनोदले सुरुआतमै सुदूरपश्चिमलाई राम्रो सुरुआत दिलाएका थिए। यी दुई ब्याटरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे।

२१ बल खेलि तीन चौका र दुई छक्कासहित ३२ रन प्रहार गरेका उनी आठौं ओभरको तेस्रो बलमा जिमी निसमबाट क्याच आउट भए । तर, विनोदले ब्रान्डन म्याकमुलनले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्‍याए। म्याकमुलन १४.१ ओभरमा निसमबाटै क्याच आउट भए ।

उनले टोलीको लागि २५ रन जोडेका थिए । जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। जनकपुरले सुरुआत राम्रो गर्न सकेन ।

तेस्रो ओभरको पाँचौं बलमा लाहिरु मिलान्था १२ रनमा एलबीडब्ल्यू आउट भए भने आसिफ ११ रनमै पेभिलियन फर्किए। यससँगै जनकपुरले पावरप्लेदेखि नै दबाब महसुस गर्दै ३७ रन मात्र बनायो। यसपछि पनि शुभ कांशकारले २६ रन, हर्ष ठाकरेले १२ रन, र अरनिको यादवले ११ रन बनाए। यद्यपि, टोलीले अपेक्षित गतिमा रन जोड्न सकेन।

अन्तिमतिर जिमी निसमको आक्रामक ब्याटिङले जनकपुरलाई सम्मानजनक स्कोरतर्फ डोर्‍यायो। उनले २३ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउँदै इनिङ्स सम्हाले। जिमी खेलको अन्तिमतिर बोल्ड आउट भए। बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्रले सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिए।

सैफले दुई विकेट लिए भने स्कट कुग्लेनले पनि एक विकेट लिएर महत्त्वपूर्ण योगदान दिए।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा