२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एनपीएल विशेषः कर्णालीले चितवनलाई दियो १ सय ७६ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको हो । कर्णालीका लागि जयकिशन कोसावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले । कोसावालाले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले ३७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

सो क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे । च्याडविक वाल्टनले अविजित ४६ रन बनाए । चितवनका लागि भने सोहेल तनवीरले २ तथा कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले १–१ विकेट लिए ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको