९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः जनकपुरलाई पराजित गर्दै प्लेअफ नजिक चितवन


२९ मंसिर २०८१, शनिबार  

201
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्स चितवन राइनोजसँग पराजित भएको छ ।

रोमाञ्चक खेलमा जनकपुर चितवनसँग ३२ रनले पराजित भएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको चितवन प्ले अफ नजिक पुगेको छ । चितवनले दिएको १ सय ८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो ।

जनकपुरका लागि जेम्स निशामले विस्फोटक अर्धशतकीय पारी खेले । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए । यद्यपि, जनकपुरको जितको लागि पर्याप्त हुन सकेन । आसिफ शेखले २३, शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो