२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः प्लेअफ दौडबाट बाहिरियो पोखरा, काठमाडौंको सम्भावना कायमै



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान भएको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्समाथि सानदार जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै काठमाडौंको प्लेअफ सम्भावना कायमै रहेको छ । यत, पोखरा भने प्लेअफ दौडबाट बाहिरिएको छ । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य काठमान्डुले १४ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका लागि स्टिफन एस्किनाजीले अर्धशतकीय पारी खेले । उनले बलमा १० चौका प्रहार गर्दै ६० रन बनाए । माइकल लेभिटले ३२ र भीम सार्कीले २२ रन बनाए । पोखराका लागि विपिन खत्री र माइकल लिस्कले १–१ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव