२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः कर्णालीको प्लेअफ सम्भावना बलियो, लुम्बिनी ५ रनले पराजित



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी लायन्स ५ रनले पराजित भएको छ ।

जितसँगै पराजित कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता, लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनिसकेको छ । कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनायो । लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे ।

सन्दीप जोराले २४ रन बनाए । कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए । कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव