काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८ सय ६० रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया