२२ चैत्र २०८१, शनिबार । April 5, 2025

आउ न एकै छिन गफ गरौ…



आउ न एकै छिन गफ गरौ
सुर्योदय हुँदा अनि सुर्यास्त हुँदा
अनि दिनमै पनि अनायसै
आकाशमा तेती धेरै रंग
कहाँबाट पोतिन्छ
त्यस बारे गफ गरौ

फूलमा सुगन्ध
कहाँबाट भित्रिन्छ गफ गरौ
अनैकौँ स्वरूप र आकारका हुन्छन्
फूलहरू
कसरी त्यस्ता हुन्छन्
त्यसै बारे गफ गरौ
बेरंगको माटो बीच
कसरी रंग लिएर उम्रिन्छन् फूलहरू
आउ न एकै छिन गफ गरौ

हिजो भर्खरै चम्किएको चन्द्रमा
एक्कासी कता हरायो
गफ गरौ
तिमी र म जस्तै फेरिन्छ घरिघरि
हप्ता दश दिनमा पुर्ण हुँदा हुँदै
चिरा कसरी पर्छ
गफ गरौ
ताराहरू किन चम्किन्छन्
अनि कति टाढा छन् भन्छ बिज्ञानले
त्यसै बारे गफ गरौँ
आउ न एकै छिन गफ गरौ

तिम्रो हिजोको फोटो हेर त
अनि
आज ऐनामा आफैलाई हेर
नाम मात्र त फेरिएको छैन
अरू सप्पै फेरीयो हगि
त्यै बारै गफ गरौ

कहाँबाट बाट झुल्कियौ
अनि कता हराँउछौ अकस्मात्
बत्ति र ईन्टरनेट हराएर
गीत बिलाए झै
सिनेमाको कथा हराए झै
कसरी हामी बीच
मान्छे हराईरहन्छन्
त्यै बारे गफ गरौ
आउ न एकै छिन गफ गरौ

कहिल्यै
बात नमारेका बिषय बारे बात मारौ
तिम्रो प्रश्नको कारण
मैले तिमीलाई मुल्याँकन गर्दिन
तिम्रै जस्ता प्रश्नहरू
मेरा पनि होलान्

आउ न एकै छिन गफ गरौ ।।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण,

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन