२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः ‘प्ले अफ’ दौडबाट बाहिरियो लुम्बिनी, काठमाडौंको दोस्रो जित



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित भएको छ ।

लिग चरणको छैटौँ खेलमा काठमाडौंसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ दौड समेत रोकिएको छ । यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित भएको थियो ।

चितवनलाई हराउँदै २ अंक जोडेको लुम्बिनी पाँचौं स्थानमा उक्लिएको थियो । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न लिग चरणको अन्तिम २ खेलमा गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध जित हासिल गर्नै पर्ने लुम्बिनीलाई दबाब थियो । काठमान्डुले दिएको १०४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनी १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८५ रनमा सिमित भयो ।

लुम्बिनीका सन्दीप जोराले २६ बनाउँदा उन्मुक्त चन्दले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । गुर्खाजका लागि कप्तान करण केसीले ४ तथा दीपेश कँडेलले ३ र गेर्हार्ड इरास्मसले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुर्खाज काठमान्डु १९ दशमलव २ मा अलआउट हुँदै १ सय ३ रनमा सीमित भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ४ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको