२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः ‘गर या मर’को अवस्थामा रहेको लुम्बिनी र काठमाडौं भिड्दै



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । उक्त खेल काठमाडौं र लुम्बिनी दुवैका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । एनपीएलमा हालसम्म पाँच खेल खेलिसकेको लुम्बिनी ४ खेलमा पराजित र एक खेलमा जित निकाल्दै अंक तालिकाको पुछारमा रहेको छ ।

लुम्बिनीले आजको खेल जित्दै आफ्नो प्ले अफ सम्भावना कायमै राख्ने दाउमा लुम्बिनी छ । यता, प्रतियोगितामा ३ खेल मात्रै खेलेका काठमाडौं भने दुई खेलमा हार र एक खेलमा जित निकालेको छ । अंक तालिकामा २ अंक जोडेको काठमाडौं पनि आजको खेल जित्दै आफ्नो प्ले अफ सम्भावनालाई कायमै राख्न चाहान्छ ।

गर या मरको अवस्थामा रहेको लुम्बिनी र काठमाडौं बीचको यो खेल पनि निकै रोमाञ्चक हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको