१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः कर्णालीको रोमाञ्चक जित, विराटनगर ७ रनले पराजित


२२ मंसिर २०८१, शनिबार  

678
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ज गरेको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा भएका खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो । विराटनगर किंग्सको भने यो तेस्रो पराजय हो । कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको विराटनगर पुरै ओभर खेलेर ८ विकेट गुमाएर १ सय २६ रनमा समेटियो ।

कर्णालीका लागि नन्दन यादवले ३, विपिन शर्माले २ तथा विलियम बोसिस्टो, यूनिस ठकुरी र सोमपाल कामिले समान १–१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले अन्तिम बलमा अलआउट हुँदै १ सय ३३ रन बनाएको थियो ।

कर्णालीका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ४ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ