२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः विराटनगरको घातक बलिङ, १ सय ३३ रनमै रोकियो कर्णाली



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली निर्धारिरत २० ओभरमा सबै विकेट गुमाएर १ सय ३३ रन मात्रै बनाउन सक्यो । कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे । देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए । कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो ।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको