काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ अलि जेबले सर्वाधिक ९० रनको योगदान गरेका थिए । उनले ६१ बल खेल्दा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।
प्रतिक्रिया