४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः पहिलो जितको खोजिमा लुम्बिनी, ह्याट्रिक मार्ने दाउमा सुदूरपश्चिम


२२ मंसिर २०८१, शनिबार  

108
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई नतिजा सुम्पिएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । यसर्थ लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा मैदानमा उत्रनेछ ।

लुम्बिनीको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् । यसैगरी सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा