२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः पहिलो जितको खोजिमा लुम्बिनी, ह्याट्रिक मार्ने दाउमा सुदूरपश्चिम



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदानमा हुने उक्त खेल बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई नतिजा सुम्पिएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । यसर्थ लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार तेस्रो खेल जित्ने दाउमा मैदानमा उत्रनेछ ।

लुम्बिनीको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गरिरहेका छन् । यसैगरी सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको