काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १९औं ‘एटीआर’ जहाज थपेको छ ।
थपिएको जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ । ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ जहाज भित्र्याएको हो । यससँगै बुद्ध एयरसँग एटीआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बुद्ध एयरले कल साईन ढल्–ब्इन् जहाज फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट भित्र्याएको छ । बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् ।
बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट विदाई गरेको थियो ।
प्रतिक्रिया