९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै


१९ मंसिर २०८१, बुधबार  

15
Shares

काठमाडौं । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको जनकपुर बोल्ट्सले बिहीबार बिहान आफ्नो तेस्रो खेल पोखरा एभेन्जर्स सँग खेल्दैछ ।

आफ्नो पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्स जस्ता बलिया टिमविरुद्ध सानदार जित निकालेको जनकपुरले लागतार तेस्रो जित निकाल्दै उपाधिका लागि सुरुवाति दाबेदारिता प्रस्तुत गर्न चाहन्छ । प्रतियोगितामा सुखद सुरुवात गरेको जनकपुरको टीम पनि लयमा देखिन्छ ।

विराटनगर विरुद्धको पहिलो खेलमा नेपाली खेलाडीहरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनरद्वय अनिल साह र आशिफ शेख सस्तैमा रोकिनु पर्यो । तर, कर्णाली याक्सविरुद्धको दोस्रो खेलमा भने अनिल र आशिफको ओपनिङ पाटर्नरसिप सानदार रह्यो । अनिलले अविजित ६२ रनको पारि खेल्दा टिमले सम्मानजनक जित निकाल्न सफल भयो ।

अनिल साह म्यान अफ दि म्याच घोषित भए । टीममा प्रभावशाली विदेशी खेलाडीहरुको आगमनले झनै जनकपुरलाई मजबुत बनाएको छ ।

यता, आफ्नो पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको पोखरा एभेन्जर्स दोस्रो खेलमा जनकपुरलाई पराजित गर्दै प्रतियोगिताका कम्ब्याक गर्न चाहान्छ । मंगलबार भएको चितवन राइनोजविरुद्धको पहिलो खेलमा पोखरा ८७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३ दशमलव २ ओभरमा ७४ रन बनाउँदै अलआउट हुन पुग्यो । जारी एनपीएलमा कुनैपनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । खराब सुरुआत गरेको पोखराले ४ ओभरमा ७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । पोखराका कप्तान कुशल भुर्तेल पहिलो ओभरको पहिलो बलमै आउट भएका थिए ।

यस्तै टप अडरका ब्याटरहरु दिलीप नाथ पाँचौ बल र बास डे लिड पहिलो ओभरको अन्तिम बलमा शुन्य रनमै आउट भएका थिए । त्यसपछि मिडल अडरका ब्याटस्म्यानहरु पनि सम्हालिन नसक्दा पोखराले लज्जास्पद हार व्यहोर्नु परेको थियो । त्यो हारको घाउ निको बनाउनै भएपनि पोखराले भोलिको खेलमा आफूलाई प्रमाणित गर्नैपर्ने चुनौति देखिन्छ ।

तर, प्रतियोगिताका उत्साहजनक प्रदर्शक गरिरहेको जनकपुरलाई रोक्न भने पोखरालाई सहज भने छैन् । त्यसका लागि बलिङ र ब्याटिङमा देखिएका कमजोरिलाई सुधार गर्दै टिमलाई सम्हालेर अघि बढ्नुपर्ने चुनौती कप्तान भुर्तेलको काँधमा छ ।
त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल भने बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो