९ चैत्र २०८२, सोमबार । March 23, 2026

ब्लाइन्ड टी–२० विश्वकपः सेमिफाइनलमा पुगेर रोकियो नेपालको विश्वकप यात्रा


१६ मंसिर २०८१, आइतबार  

2.1k
Shares

काठमाडौं। ब्लाइन्ड टी–२० विश्वकप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ ।

आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकस्तिानले ५ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । पाकिस्तानका लागि कमरन अख्तरले ६३ र बाबर अलीले ३२ रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर ९४ रन मात्रै बनाउन सफल भएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । । यस्तै पाकिस्तानका मती उल्लाहले ३ विकेट लिएका थिए । सन् २०१२ देखि नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुँदै आएको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो ।

लिग चरणमा २ खेलमा जित निकाल्दै ४ अंक जोडेको नेपाल भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । यसअघि लिग चरणमा पाकिस्तानसँग १० विकेट, श्रीलंकासँग ७० रन र बंगलादेशसँग ६७ रनले पराजित भएको थियो ।

यस्तै लिग चरणकै बाँकी दुई खेलमा अफगानिस्तानलाई १ सय ८ रन र दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्न सफल भएको थियो

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो