५ असार २०८३, शुक्रबार । June 19, 2026

दृष्टिबिहीन टी–२० विश्वकपः नेपालसँग ११ रनले पराजित भयो दक्षिण अफ्रिका


११ मंसिर २०८१, मंगलबार  

1.1k
Shares

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिबिहीन टी–२० विश्वकप अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

नेपालका लागि नरेश चौधरीले ८०, सागरले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने अफगानिस्तानलाई हराएको थियो ।

यो जितसँगै नेपालले २ खेलमा पराजय र २ खेलमा जित हात पारेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा