३ आश्विन २०८३, शनिबार । September 19, 2026

साताको तेस्रो कारोबारको दिन आज उच्च अंकले बढ्यो नेप्से


११ मंसिर २०८१, मंगलबार  

135
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

आज नेप्से ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेर अडिएको छ । आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज कारोबार रकम पनि बढेको छ ।

आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ