९ चैत्र २०८२, सोमबार । March 23, 2026

ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं (भिडियो रिपोर्ट)


६ मंसिर २०८१, बिहिबार  

330
Shares

काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सोफा स्टोर काठमाडौं र सोफा स्टोर भक्तपुरको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्दै ३ जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत सोफा स्टोर काठमाडौं, सोफा स्टोर भक्तपुर, सोफा स्टोर धनगढी र सोफा स्टोर सतुंगल (गंगा जमुना फर्निचर एण्ड सोफा सेन्टर) बाट सोफा तथा फर्निचर खरिद गर्दा ग्राहहरुले एउटा कुपन पाएका थिए ।

सोहि कुपनका आधारमा लक्की ड्र बाट इमाडोल ललितपुरकी प्रतिमा रिजालले स्कुटर, भक्तपुरका कृष्णप्रसाद श्रेष्ठले फ्रिज र धनगढीका जनकराज जोशी ले टीभी जितेका छन् । उक्त अबसरमा सोफा स्टोर काठमाडौंका सञ्चालक दिपेन्द्र धरेलले वजेताहरुलाई बधाई एवं योजनामा सहभागी सम्पूर्ण ग्राहकहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

साथै आगामी दिनमा सोफा स्टोर काठमाडौंले इटहरी र बुटवलमा पनि छिट्टै सेवा विस्तार गर्ने पतिवद्धता समेत जनाएका छन् । यस्तै, सोफा स्टोर काठमाडौं महाराजगञ्ज शाखाकी सञ्चालक सरस्वती सिमखडा धरेलले आगामी दिनमा पनि सोफा स्टोर काठमाडौंले विभिन्न सुविधासहितका यस्तै योजनाहरु लिएर ग्राहकहरु माझ आइरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यस्तै सोफा स्टोर सतुंगल (गंगा जमुना फर्निचर एण्ड सोफा सेन्टर) का सञ्चालक प्रेम प्रसाद धरेलले ग्राहकको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सामानका लागि कम्पनी सँधै तत्पर रहेको जनाएका छन् ।

पछिल्लो समय अधिकांश ग्राहकको रोजाईको केन्द्र बन्दै आएको सोफा स्टोर काठमाडौंले हाल काठमाडौंको चमती, महाराजगञ्ज र सतंगल, भक्तपुरको पेप्सीकोला दिब्यश्वरी टाउन प्लानिङ र धनढीबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामानहरु उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

भिडियो रिपोर्ट:

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो