१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

आइतबार सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार


२ मंसिर २०८१, आइतबार  

24
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ ।

५ अंकले बजार बढ्दा कारोबार रकम भने उल्लेख्य देखिएको छ । आइतबार कुल २ करोड ४४ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आइतबार १४५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९२ कम्पनीका लगानीकर्ताले भने मूल्य घटेका कारण गुमाएका छन् । आइतबार ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आइतबार होटल तथा पर्यटनका कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । यो उपसमूहको सूचक २।२१ प्रतिशतले बढेको छ ।

त्यसैगरी लघुवित्त उपसमूहको सूचकमा पनि १।२८ प्रतिशतको वृद्धि देखियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था