३ आश्विन २०८३, शनिबार । September 19, 2026

सिटी एक्सप्रेस सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित


२ मंसिर २०८१, आइतबार  

15
Shares

काठमाडौं । सिटी एक्सप्रेस रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूको घोषणा गर्दै उनीहरूलाई सम्मान गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरे ।

सिटी एक्सप्रेसको यो उत्कृष्ट करदाताको रूपमा पहिलो सम्मान हो । सम्मानित भएपछि कम्पनीले सरकारबाट प्राप्त मान्यतालाई गौरवको रूपमा लिएको छ । सिटी एक्सप्रेस जापानले एक प्रेस नोट जारी गर्दै सम्मानले कम्पनीको जिम्मेवारीलाई अझ बलियो बनाएको उल्लेख गरेको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि जापान, कोरिया, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलिया, लगायतका देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ