१ मंसिर २०८१, शनिबार । November 16, 2024

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक लिमिटेड हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन् । सचिव खड्काका अनुसार सिद्धार्थ बैंकले एनपीएललाई पाँच बर्षका लागि प्रायोजन गर्ने गरि सम्झौता भएको छ । सिद्धार्थ बैंकसँग कति रकममा सम्झौता भएको भन्ने कुरा भने सचिव खड्काले खुलाउन चाहेनन् ।

घोषणापछि बैंकका सीईओ सुन्दरप्रसाद कँडेलले नेपाली क्रिकेट इतिहासमा एनपिएलको मुख्य प्रायोजक हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

साथै उनले क्रिकेट विकासका लागि एनपिएल ऐतिहासिक फड्कोका रुपमा रहने दाबीसमेत गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूईएफए नेसन्स लिगः रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलको क्‍वाटरफाइनल यात्रा तय

एजेन्सी । यूईएफए नेसन्स लिगमा पोल्यान्डमाथि फराकिलो जित निकाल्दै पोर्चुगल

यस्तो रहनेछ मंसिर १ गते शनिबारको मौसम

काठमाडौं । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको

पेट्रोलको मूल्य हाललाई यथावत, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य हाललाई यथावत राखेको

एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणभारतीय टिभी