काठमाडौं । आगामी कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।
कार्तिक २३ कात्तिक गते शुक्रबारदेखि चैत्र १८ गते सम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान अवतरण बन्द हुने भएको हो । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन पर्ने भएकोले विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणले जनाएको छ । अहिले त्रिभुवन विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया