४ असार २०८३, बिहिबार । June 19, 2026

द हङकङ सिक्सेस क्रिकेटः नेपालले आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दै


१६ कार्तिक २०८१, शुक्रबार  

480
Shares

काठमाडौं । २०औं संस्करणको द हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्यान्डसँग खेल्दैछ ।

खेल मिसन रोड ग्राउण्डमा नेपाली समय अनुसार आज बिहान ७ बजेर १० मिनेटमा शुरु हुनेछ । तीन पटकको च्याम्पियन इङ्ल्यान्डसँग प्रतियोगितामा पहिलो पटक सहभागी नेपालले खेल्न लागेको हो । खेलमा इङ्ल्यान्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपाली टोली सन्दीप जोराको कप्तानीमा रहेको छ ।

प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ मा अस्ट्रेलिया र इङ्ल्यान्डसँग रहेका छन् । प्रतियोगितामा नेपालको दोस्रो खेल अस्ट्रेलियासँग छ । प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘बी’ मा नेपाल, इङ्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।

समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलङ्का, बङ्गलादेश र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा