५ असार २०८३, शुक्रबार । June 19, 2026

साफ महिला च्याम्पियनशिपः फाइनल खेलको टिकट एन्फाले नै बेच्ने


१३ कार्तिक २०८१, मंगलबार  

171
Shares

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आफैले बिक्रि गर्ने भएको छ ।

नेपाल र बङ्गलादेशबीच हुने फाइनलका लागि भोलि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री गर्ने एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् ।

यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण जम्मा १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ । यसअघि टिकट बिक्रीको जिम्मा लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले भारतसँगको खेलका क्रममा रङ्गशालाको क्षमताभन्दा धेरै टिकट बिक्री गरेको र सुरक्षा जोखिम बढेको भन्दै एन्फाले सम्झौता रद्द गरेको छ ।

साफ महिला च्याम्पियनशिपको फाइनल खेल बुधबार बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा