३ आश्विन २०८३, शनिबार । September 19, 2026

एएफसी यु–१७ एसिया कप छनोटः कतारसँग पराजित हुँदै बाहिरियो नेपाल


१० कार्तिक २०८१, शनिबार  

321
Shares

काठमाडौं । एएफसी यु–१७ एसिया कप छनोटअन्तर्गत नेपालले आयोजक कतारसँग ५–० गोल अन्तरले पराजित भएको छ ।

खेलको २१औँ मिनेटमा यजान मोहम्मदले गोल गर्दै घरेलु टिम कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा जैद फैसलले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको कतारले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ५५औँ मिनेटमा फैसलले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा ओमर अल मरजौकीले गोल गरेपछि कतार ४–० को स्थितिमा पुग्यो । खेलको ८३औँ मिनेटमा फैसलले ह्याट्रिक पूरा गरेपछि कतार नेपालमाथि ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

लगातार दुई खेलमा पराजित भएपछि नेपाल एक खेलअघि नै छनोटबाट बाहिरिएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली