३ आश्विन २०८३, शनिबार । September 19, 2026

युइएफए च्याम्पियन्स लिगः भिनिसियसको ह्याट्रिकमा डोर्टमण्डमाथि रियल म्याड्रिडको जित


७ कार्तिक २०८१, बुधबार  

204
Shares

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५(२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा २–० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो । रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए । त्यस्तै एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए ।

त्यसैगरी डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए । यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ ।

त्यस्तै डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली