६ कार्तिक २०८१, मंगलबार । October 23, 2024

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्से २५ दशमलव ८८ अंकले बढेको छ ।

आज नेप्से २५ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ६५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १ सय ९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै ३ दशमलव ०३ प्रतिशत बढ्यो ।

बैंकिङ ० दशमलव ६८, विकास बैंक १ दशमलव २५, होटल तथा पर्यटन ० दशमलव ४४, हाइड्रोपावर १ दशमलव ४२, लगानी ० दशमलव ९२, जीवन बीमा ० दशमलव ४९, उत्पादन २ दशमलव १४, माइक्रोफाइनान्स ० दशमलव ६६, निर्जीवन बीमा ० दशमलव ६१, अन्य १ दशमलव ०२ र व्यापार समूह ० दशमलव ९० प्रतिशत बढे ।

रावा इनर्जीको मूल्य ८ दशमलव ८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७ दशमलव ८२, थ्रीस्टार हाइड्रोपावरको ६ दशमलव ३६, माहुली लघुवित्तको ६ दशमलव १० तथा मैलुङखोला जलविद्युतको ६ दशमलव ०९ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य ४ दशमलव ७५ तथा सिकलेस हाइड्रोपावरको २ दशमलव ५० प्रतिशत घट्यो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको स्मार्टफोन बजारमा टेक्नो स्पार्क ३०ः नयाँ प्रविधिको उत्कृष्ट संयोजन

काठमाडौं । टेक्नोले आफ्नो नयाँ स्मार्टफोन स्पार्क ३० नेपाली बजारमा

तेस्रो कारोबारको दिन बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

निरन्तर उकालो लाग्दै सुनको भाउ, तोलामा १ लाख ६६ हजार नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर