३ आश्विन २०८३, शनिबार । September 19, 2026

एएफसी च्याम्पियन्स लिगः खेलमा नेइमारको कमब्याक,अल हिलाल विजयी


६ कार्तिक २०८१, मंगलबार  

228
Shares

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी क्लब अल हिलालले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए । त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए । इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली