२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युरोपियन नेसन्स लिगः स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल



एजेन्सी । युरोपियन नेसन्स लिग अन्तर्गत गएराति भएको स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको छ ।

पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ। त्यस्तौ समुह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३–३ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए ।

त्यस्तै क्रोसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए । यो खेलपछि समुह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने क्रोसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको