३ आश्विन २०८३, शनिबार । September 20, 2026

युरोपियन नेसन्स लिगः स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल


३० आश्विन २०८१, बुधबार  

738
Shares

एजेन्सी । युरोपियन नेसन्स लिग अन्तर्गत गएराति भएको स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको छ ।

पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको स्कटल्यान्डले एक अंक सुनिश्चित गर्दै आफ्नो नाममा बन्न लागेको खराब रेकर्डको कीर्तिमानबाट बचेको छ। त्यस्तौ समुह १ मै रहेका पोल्याण्ड र क्रोसियापनि ३–३ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए ।

त्यस्तै क्रोसियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए । यो खेलपछि समुह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा छ भने क्रोसिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली