२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर


३० आश्विन २०८१, बुधबार  

1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ७७ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपियाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ५ पैसा र बिक्रीदर ९० रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ १२ पैसा र बिक्रीदर ९७ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ९५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपियाँ ९९ पैसा र बिक्रीदर नौ रुपियाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८० पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा कायम भएको छ । त्यसैग्री थाई भाट एकको खरिददर ४ रुपियाँ २ पैसा र बिक्रीदर चार रुपियाँ ४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १३ पैसा र बिक्रीदर ३१ रुपियाँ २७ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ८६ पैसा र बिक्रीदर ९ रुपियाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददार १२ रुपियाँ ९२ पैसा र बिक्रीदर १२ रुपियाँ ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ २७ पैसा र बिक्रीदर १७ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपियाँ ४७ पैसा तोकेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ