२८ आश्विन २०८१, सोमबार । October 14, 2024

युइएफए नेसन्स लिगः रोनाल्डो र सिल्भाको गोलमा पोर्चुगल विजयी



एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले पोल्याण्डमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए भने एक गोल पोल्याण्डका जान बेडनारेकले आत्मघाती गोल गरेका थिए । त्यस्तै पोल्याण्डका लागि एक गोल पिओट जिएलिन्सकीले गरेका थिए ।

यो जितपछि पोर्चुगलले नेसन्स लिग ए को समुह एक मा ३ खेलमा तिनै जित हासिल गर्दै ९ अंक बनाएको छ र समुहमा शिर्ष स्थानमा छ ।

त्यस्तै पोल्याण्डले भने ३ खेलमा ३ अंक बनाएको छ र समुहमा तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज विजयी

एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले पाँच विकेटको

युरोपियन नेसन्स लिगः इङ्गल्यान्डसँग ३–१ गोल अन्तरले पराजित भयो फिनल्यान्ड

एजेन्सी । युरोपियन नेसन्स लिगमा इङ्गल्यान्डले फिनल्यान्डविरुद्ध सहज जित दर्ता

यस्तो छ सोमबारका लागि विदेशी मुद्रोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र

बडादशैंको तेस्रो दिनः आजपनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीको दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको