२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

प्रधानमन्त्री कप क्रिकेट

बिहिबार भएको दुई खेलमा पुलिस र मधेस प्रदेश विजयी


१७ कार्तिक २०७९, बिहिबार  

12
Shares

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीवार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । पुलिसकालागि ओपनर सुनिल धमलाले ३६ रनको पारी खेल्दा कुशल भुर्तेलले ३२ रनको योगदान गरेका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४४ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ८८ रन जोडेको थियो । ओपनर तथा कप्तान देव खनालले अर्धशतकीय पारी खेले । ८८ बलको सामना गरेका खनालले ७ चौका र २ छक्का प्रहार गरेका थिए । अर्का ओपनर आकाश त्रिपाठी शून्यमा पवेलिनमा फर्किएको खेलमा प्रज्वल थापाले २३, विशाला विक्रम केसीले ३०, दुर्गेश गुप्ता र मोहम्मद हुसेनले समान ११ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन् ।

एकदिवसीय क्रिकेट अन्तगर्त बिहीबारकै अर्को खेलमा मधेस प्रदेशले प्रदेश १, लाई ७२ रनले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १, ४३ दशमलव १ ओभरमा समेटिएको थियो । प्रदेश १ ले सबै विकेट गुमाएर मात्र १ सय ४२ रन बनाउन सक्यो ।

प्रदेश १ लागि लुभ कमातले सर्वाधिक २९ रनको पारी खेल्दा विवेक आनन्द मेहेताले २५, फिर्दोस अनसारीले २२, मनिस थापाले १२, सोनु मण्डलले ११, सोनु अनसारीले १० तथा दीपक जोशीले अविजित ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । मधेसका अनिल शाहले अर्धशतकीय पारी खेले ।

८९ बलको सामना गरेका अनिलले पाँच चौका र १ छक्का प्रहार गरेका थिए । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३०, रोहन विकेले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोडेका थिए । मधेसको सबै विकेट लिने क्रममा प्रदेश १ का फिर्दोस अनसारीले सर्वाधिक ५ विकेट निकाले । ९.१ ओभर गरेका फिर्दोसले १ मेडन ओभर राख्दै ३४ रन खर्चिएका थिए ।

यस्तै सिद्धान्त लोहनीले ३ विकेट हात पार्दा श्रवण यादव र लुभ कामतले समान १/१ विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ