२८ बैशाख २०८२, आइतबार । May 11, 2025

आइतबार उच्च अंकले बढ्यो नेप्से, ६ अर्ब १३ करोड रुपैयाँको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

आज नेप्से ५६ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड ५० लाख कित्ता शेयर ६ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै साहज ऊर्जा कम्पनीको ६३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित