५ असार २०८३, शुक्रबार । June 19, 2026

रोकिएन नेपाली टोलीको खराब प्रदर्शन, क्यानडाको दोस्रो रोजाईको टीमसँग पनि पराजित


१९ आश्विन २०८१, शनिबार  

561
Shares

काठमाडौं । आइसीसी लिग–२ अन्तर्गतका खेल र त्यसपछि त्रिकोणात्मक टि–२० सिरिजमा पनि राम्रो प्रदर्शन गर्न नसकेको नेपालको खराब प्रदर्शनको यात्रा रोकिएको छैन् ।

शुक्रबार राति क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसीय सिरिज खेलेको नेपालले पहिलो खेलमै हार व्यहोर्नुपरेको छ । उक्त खेलमा पनि नेपाल ब्याटिङ चल्न सकेन। हाइ प्रफर्मेन्सविरुद्ध नेपाल ३६ ओभर ५ बलमा १ सय ४३ रनमा समेटिन पुगेको छ ।

अनिलकुमार शाहले ३४, अर्जुन साउद ३३, आरिफ शेख २३ र कुशल भुर्तेलले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ७४ रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने क्रमशः विकेट गुमाउँदै गयो। हाइ प्रफर्मेन्सका शाहिद अहमादजाई एक्लैले ५ विकेट लिए।

जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा