११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

यू–१९ विश्वकप छनोटः उद्घाटन खेल नेपाल र थाइल्याण्डबिच हुने, यस्तो छ खेल तालिका


१८ आश्विन २०८१, शुक्रबार  

1.7k
Shares

काठमाडौं । आगामी कात्तिक २१ देखि नेपालले खेल्ने महिला यू–१९ टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडी छनोट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन् । विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली यूएईसँग खेल्नेछ । नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छ भने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ ।

नेपालले अन्तिम खेलमा कात्तिक २८ मा यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्