२३ माघ २०८२, बिहिबार । February 5, 2026

टी–२० विश्वकप महिलाः श्रीलंकामाथि पाकिस्तानको रोमाञ्चक जित



काठमाडौं । ९औँ संस्करणको महिला टी–२० विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

शारजाहमा भएका खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेर राम्रो सुरुवात गरेको हो । गएराति भएको दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्‍यो पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउँन सक्यो।

श्रीलंकाका लागि निलकेशिका सिल्भाले २५ बलमा सर्वाधिक २२, बिश्मी गुणारत्नेले ३४ बलमा २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्। पाकिस्तानका लागि सदिया इकवालले ३, फतिमा साना, नर्शा सन्धु र ओमामी सोहिलले समान २ विकेट लिईन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै १ सय १६ रन बनायो। पाकिस्तानका लागि कप्तान फतिमा सानाले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३० रन जोडिन्। निदा दरले २२ बलमा २३, ओमिमा सोहेलले १८ तथा ओपनर मुनिबा अलिले ११ रन बनाईन्।

श्रीलंकाका लागि उडिशिका प्रबोदनी, कप्तान चमारी अथापाथु सुगन्धिका कुमारीले समान ३ तथा कबिशा दिल्हारीले १ विकेट लिईन्। समूह ए मा पहिलो जितका साथ पाकिस्तान शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल