१५ चैत्र २०८१, शनिबार । March 29, 2025

विश्वकप लिग–२ः अन्तिम खेलमा जित निकाल्ने दाउमा नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।

क्यानडा भ्रमणमा रहेको नेपालले आज अन्तिम खेल ओमानसँग खेल्न लागेको हो । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल शुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको हो ।

ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित भएको थियो । विश्वकप लिग–२ मा नेपालले कुल ७ खेल खेलिसकेको छ । त्यसमध्ये नेपालले एउटा मात्रै जीत निकालेको छ । लगातार तेस्रो खेलमा पराजित नेपाललाई शृंखलाको अन्तिम खेल जित्दै खराब प्रदर्शनलाई रोक्ने अवसर छ । त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं । एभिन्यूज खबरका पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न खोजियोः नवराज सुवेदी

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज

गोदावरी गाउँमा बाँसभित्र भविष्य खोजिरहेका शिल्पी

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको कवड

आज घोडेजात्रा पर्व, यस्तो छ परम्परागत मान्यता

काठमाडौं । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

तिनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्दै गृहमन्त्री लेखक

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण क्षति पुगेको