१८ चैत्र २०८१, मंगलबार । April 1, 2025

साफ च्याम्पियनसिप फुटबलः नेपालद्वारा श्रीलंका पराजित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ ।

श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पत्रकार सुरेश रजकको एक्स–रे भयो, पोस्टमार्टम भोली

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा निधन भएका पत्रकार सुरेश

नेपाल सुपर लिगः धनगढीको विजयी सुरुवात, बुटवल ४–१ ले पराजित

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा सशक्त प्रदर्शन

दुबईबाट भन्सार छली ल्याइएका ल्यापटप र मोबाइलसहित ७ जना पक्राउ

काठमाडौं । दुबईबाट अवैध रूपमा ल्यापटप र मोबाइल भन्सार छली

बहुप्रतिक्षित नेपाली चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक कृषा चौलागाईंको मल्टिस्टारर–एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक

काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र