८ चैत्र २०८२, आइतबार । March 22, 2026

इंग्लिस प्रिमियर लिगः बर्नमाउथमाथि सहज जीत निकाल्दै लिभरपुल शीर्ष स्थानमा


६ आश्विन २०८१, आइतबार  

165
Shares

काठमाडौं । बर्नमाउथविरुद्ध ३–० गोल अन्तरको सहज जीत निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले ११ मिनेटभित्र तीन गोल गरेको थियो । लुइस डियासले दुई तथा डार्विन नुनेजले एक गोल गरेका हुन् । खेलको २६औं मिनेटमा डियाजको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । दुई मिनेटपछि डियाजले नै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि नुनेजले ३७औं मिनेटमा गोल गरेपछि लिभरपुल ३–० सहज जीत निकाल्यो । यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले पाँच खेलमा १२ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग समान अंक भए पनि लिभरपुल गोल अन्तरमा अगाडि छ । पराजित बर्नमाउथ समान खेलबाट पाँच अंकका साथ १३औं स्थानमा छ ।

लिगअन्तर्गत शनिवार नै सम्पन्न अन्य खेलमा एस्टन भिल्लाले उल्भ्स, फुलहमले न्युक्यासल युनाइटेड र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ ले पराजित गरे । यसैगरी साउथह्याम्पटन र इप्सवीच टाउन तथा लेस्टर सिटी र एर्भटनले समान १–१ को बराबरीमा रोकिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो