१६ चैत्र २०८१, आइतबार । March 30, 2025

काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जित्यो



काठमाडौं । सेन्ट्रल एसियन भलिबल महासंघ (काभा) ले आयोजना गरेको काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार राति माल्दिभस्को मालेमा भएको खेलमा उज्वेकिस्तानी क्लब हुमो भिसीलाई सोझो सेटमा हराएर नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको हो । फाइनलमा पनि आफ्नै उच्च लयमा देखिएको पुलिस टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–२२ ले जित्न सफल भयो।

पुलिसका लागि निर्णायक मानिएको सेटमा २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो। लिगचरणमा पनि पुलिसले हुमोलाई ३–० को सोझो सेटमा हराएको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो। पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो।

त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो। शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अनुसार अमेरिकी डलर

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा फेरबदल, नयाँ टिम खटाइयो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको

तिनकुने घटनाः दुर्गा प्रसाईँ अझै फरार, उनको राहदानी ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शन हिंसात्मक

तीनकुने घटना: ‘अरेस्टज्ञानेन्द्र’ र ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्डिङ

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बन्दा दुई

काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक गएराति भएको