१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

अफगानिस्तानले जित्यो दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिज


५ आश्विन २०८१, शनिबार  

117
Shares

एजेन्सी । अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिज जितेको छ।

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले १ सय ७७ रनको प्रभावसाली जित निकाल्यो। जितसँगै अफगानिस्तानले एक खेल अगावै सिरिज हात पारेको हो । सारजाहामा बलिङ र ब्याटिङ दुबैमा एकपक्षीय बनेको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो।

उसका लागि रहमनुल्लाह गुर्वाजले १ सय ५ रनको शतकीय इनिङ खेल्दा अजमतुल्लाह ओमरजाइ ८६ रनमा अविजित रहे। त्यस्तै रहमत साहलले ५० रन बनाएका थिए। त्यस्तै रियज हसनले २९ रन बनाउँदा मोहम्मद नावीले १३ रन बनाए। ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ दशमलव २ ओभरमा १ सय ३४ रन जोड्दा अलआउट भयो। उसका लागि ओपनर तथा कप्तान टेम्बा बभुमाले ३८ रन र अर्का ओपनर टोन डे जोर्जीले ३१ रन बनाउनु सर्वाधिक रह्यो।

यी दुइले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि पछिल्लो क्रमका ७ ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। थप दोहोरो स्कोरका रुमपा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रिजा हेन्ड्रिक्सले १७ र एइडन माक्रमले २१ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका रासिद खानले १९ रन दिएर ५ विकेट लिए।

त्यस्तै ननग्याली खरोटीले २६ रन दिएर ४ विकेट लिएका थिए। थप एक विकेट अजमतुल्लाह ओमरजाइको नाममा रह्यो।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली