२५ मंसिर २०८२, बुधबार । December 10, 2025

एभरेस्ट महिला भलिबल लिगः रसियाकी जुभियागिनसिभाले गण्डकीबाट खेल्ने



काठमाडौं । रसियाकी जुभियागिनसिभाले गण्डकी थन्डर्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन् ।

गण्डकीले तेस्रो विदेशी खेलाडीका रूपमा जुभियागिनसिभालाई अनुबन्ध गरेको हो । जुभियागिनसिभा रसियाको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रसिया र मंगोलियामा हुने अन्तर्राष्ट्रिय स्तरका खेल खेलेकी छिन् । उनीसँग रसियन यू–२० लिगमा दुई सिरिज खेलेको अनुभव छ ।

रसियाको मस्कोमा भएको सन् २०१७ र २०१८ को यू–२० रसियन लिगमा उनले प्रतिस्पर्धा गरेकी थिइन् । व्यावसायिक भलिबलको फ्रेन्चाइज लिगमा उनले सन् २०२३/२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी थिइन् । गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो ।

गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले