३ आश्विन २०८३, शनिबार । September 20, 2026

एन्फा महिला लिगः पेनाल्टीमा चुक्दा चन्द्रपुर पुलिससँग बराबरीमा रोकियो


२ आश्विन २०८१, बुधबार  

78
Shares

काठमाडौं । एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । चन्द्रपुरले खेलको ७० औं मिनेटमा पेनाल्टीको मौका पाए पनि त्यसलाई पुलिसकी गोलकिपरले रोकिन् । बराबरीसँगै पुलिस ६ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । यस्तै चन्द्रपुर ६ खेलमा ७ अङ्कसहित छैटौं स्थानमा छ ।

एन्फा महिला लिगमा आजै दोस्रो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यो खेल अहिले साढे ३ बजे शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली