२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार बढ्यो



एजेन्सी । अर्को महिनामा यूएईमा हुने महिला टी–२० विश्वकपको विजेताले पाउने पुरस्कार राशि बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय ३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो ।

महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको आईसीसीले जनाएको छ । आईसीसीले २०२४ को पुरुष टी–२० विश्वकपको विजेता भारतलाई २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको थियो । पुरुष टी–२० विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टी–२० विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ । २०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ ।

गएको वर्ष उपविजेता दक्षिण अफ्रिकाले ५ लाख अमेरिकी डलर पाएको थियो । २०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा २ लाख १० हजार अमेरिकी डलर थियो । सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५ सय अमेरिकी डलर पाउने छन् ।

नवौँ संस्करणको महिला टी–२० विश्वकप अक्टोबर ३ देखि यूएईमा शुरु हुँदैछ । बङ्गलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएई सारिएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको