३ आश्विन २०८३, शनिबार । September 20, 2026

एन्फा महिला लिगः चन्द्रपुरद्वारा सुदूरपश्चिम ४–० गोल अन्तरले पराजित


२८ भदौ २०८१, शुक्रबार  

3
Shares

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा झापाको चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरले सुदूरपश्चिमलाई ४–० गोलले हराएको हो । चन्द्रपुरका लागि अनिता रानामगर, रजनी थोकर, एलिना चौधरी र सजनी थोकरले समान एक गोल गरे । यो जीतसँगै चन्द्रपुर चार खेलबाट पाँच अङ्कसहित तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

समान खेल खेलेको सुदूरपश्चिमले अहिलेसम्म प्रतियोगितामा एक खेल पनि जित्न सकेको छैन । सुदूरपश्चिम तालिकाको पुछारमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा १० टोली सहभागी लिगको शीर्ष पाँच टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ५ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली