४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

हिमालय एयरलाइन्सले बिहीबारदेखि भैरहवा उडान सुरु गर्ने


१६ कार्तिक २०७९, बुधबार  

708
Shares

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ।

नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणले आइतबारदेखि लागू भएको हिउँदे उडान तालिकाअनुसार काठमाडौंमा हुँदै आएका तीन उडानको एक उडान भैरहवामा सारेपछि हिमालयले आगामी बिहीबारदेखि गौतम बुद्व विमानस्थलमा चार्टर उडानबाट हवाई सेवा सुरु गर्न लागेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नियमित उडान सुरु गर्नुअघि एयर सर्भिस एग्रिमेन्ट नवीकरण गर्न समय लाग्ने भएपछि हिमालयले भैरहवाबाट चार्टर उडान सुरु गर्न लागेको बताए।

उनले भने, “हिमालय एयरलाइन्स भैरहवाबाट कात्तिक १७ देखि २४ गतेसम्म दैनिक एक यात्रुवाहक चार्टर उडान गर्न मागेको अनुमति प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल वायुसेवा निगमले पनि हिउँदे उडान तालिकाअनुसार नयाँ तालिका सार्वजनिक गर्न सहमति जनाइसकेको छ।” हिमालयले भैरहवाबाट मलेसियाको क्वलालम्पुरका लागि चार्टर उडान सुरु गर्न लागेको उनले बताए ।

प्राधिकरणले हिमालयको काठमाडौँबाट क्वालालम्पुर गएर भैरहवा फर्किने र भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौँ फर्किने गरी तीनवटा विमानस्थललाई जोड्ने गरी उडान तालिका स्वीकृत गरेको उनको भनाइ छ। “भैरहवामा ह्याङ्गरलगायतका संरचना बनाउन केही समय लाग्ने भएपछि हिमालयले चार्टर उडानबाट सेवा सुरु गर्दै छ भने निगमको उडान तालिका बोर्डबाट समेत स्वीकृत गर्नुपर्ने भएकाले नयाँ तालिका ल्याउन केही समय मागेको छ,” उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका निगम र हिमालयलाई गौतम बुद्ध विमानस्थलबाट उडान गर्न प्राधिकरणले यसअघि नै लिखित निर्देशन दिएको थियो।

यसअघि हिमालयले गौतम बुद्व विमानस्थलमा उडान थाल्न व्यावसायिक भूमिस्थ प्रबन्ध सेवा (कमर्सियल ग्राउन्ड ह्यान्डलिङ) को जिम्मा दिनुपर्ने सर्त राख्दै आएको थियो। हाललाई चार्टर उडानको ग्राउन्ड ह्यान्डलिङ भने निगमले नै गर्नेछ। हाल गौतम बुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम निगमले गर्दै आएको छ। भैरहवामा निगमले उडान नगरे ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाका आधारमा दिने प्राधिकरणले सर्त राखेपछि निगमको आम्दानीको मुख्य स्रोत खोसिने सम्भावनाले निगम भैरहवामा उडान गर्न तयार भएको प्राधिकरण स्रोतले जनाएको छ।

हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रियसहितका विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ। हरेक पाँच वर्षमा हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ नवीकरण सन् २०२३ मा हुँदै छ। हवाई कानुनमा कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सक्ने उल्लेख भए पनि ग्राउन्ड ह्यान्डलिङमा हाल निगमको एकाधिकार जस्तै रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित