२१ चैत्र २०८२, शनिबार । April 4, 2026

यूईएफए नेसन्स लिगः नेदरल्यान्डस्‌सँग बराबरीमा रोकियो जर्मनी


२६ भाद्र २०८१, बुधबार  

45
Shares

एजेन्सी । यूईएफए नेसन्स लिगअन्तर्त नेदरल्यान्ड्स र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ ।

निर्धारित समयमा दुवै टोलीले २-२ गोल गरेसँगै खेल बराबरीमा सकिएको हो । नेदरल्यान्डस्‌ले खेलको दोस्रो मिनेटमै गोल गर्दै जर्मनीविरुद्ध अग्रता लिएको थियो । तर, ३८औँ मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्मनीले नेदरल्यान्ड्स्‌विरुद्ध अर्को गोल गर्दै २-१ को अग्रता लियो ।

तर, खेलको ५०औँ मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । लिगअन्तर्गत हंगेरी र बोस्नीय हर्जगोबिनाबीचको खेल गोलरहीत बराबरीमा सकिँदा जर्जियाले अल्बानियालाई १-० ले पराजित गरेको छ । त्यस्तै चेचियाले युक्रेनलाई ३-२ गोलअन्तरले पराजित गरेको छ भने इङ्ल्यान्डले फिनल्यान्डलाई २(० ले स्तब्ध पारेको छ । उता आयरल्यान्ड भने ग्रिससँग २-० ले पराजित भयो ।

त्यस्तै नर्थ मेसेडोनियाले अर्मेनियाविरुद्ध २-० को जित निकाल्दा माल्टासँग एन्डोरा १-० ले पराजित भयो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने